काठमाडौं । गोरखासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि लगाउन पाउने भएको छ ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।
स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।
हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने छ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।
यस्तै विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ।
