• शनिबार, असोज १० २०८३

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो


बुधबार, साउन २० २०७८
535
Shares


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार