• बिहिबार, साउन १४ २०८३

सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अर्को जिल्ला बन्यो मुस्ताङ


बुधबार, साउन २० २०७८
705
Shares


काठमाडौं । मनाङ पछि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने अर्को जिल्ला मुस्ताङ बनेको छ ।

स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो ।

मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय १३ नागरिकलाई पनि खोप दिइएको भण्डारीले बताए । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५ सय १३ रहेको छ ।

भण्डारीका अनुसार जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७ सय २१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३ सय २० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४ सय ७२ जना छन् ।

भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५ सय २५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् ।

मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार