• बिहिबार, साउन १४ २०८३

गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय नाघ्यो


मंगलबार, साउन १९ २०७८
595
Shares

गोरखा । जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या छ सय नाघेको छ ।

मंगलबार थप ४४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय २० पुगेको हो ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार आजअजिरकोट गाउँपालिकामा १७ जना, गोरखा नगरपालिकामा १६ जना, बारपाक सुलिकोटमा ९ जना, आरुघाटमा दुई जनालाई संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमित मध्ये एक जनाको पिसिआर र बाँकी एन्टिजेन विधीबाट गरिएको परिक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाँउपालिकामा एक सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये गोरखा अस्पतालमा २७ जना र ७ जना आइशोलेसनमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार