गोरखा । गोरखामा मास्क नलगाई हिँड्ने २१ जना कारवाहीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाई हिँड्ने २१ जनालाई प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरेको हो ।


जिल्लामा कोरोना संक्रमण दर दिनहुँ दिन बढ्दै गएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पलाना नगरी हिँड्नेलाई कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
आज पैदल यात्रु, ब्यवशायी, सवारी चालक, मजदुर र यात्रु कारवाहीमा परेको प्रहरीले जनाएको छ ।
गोरखा प्रहरीले संक्रमण दर बढ्न थालेपछि सचेतना मूलक कार्यक्रमसहित ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको छ ।
