• बिहिबार, साउन १४ २०८३

मंगलबार ३ हजार ३ सय ८३ लाई कोरोना संक्रमण, २४ को मृत्यु


मंगलबार, साउन १९ २०७८
700
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९सय ३५ मा संक्रमण देखिएको छ।

कुल १६ हजार ७ सय १८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार