• शनिबार, असोज १० २०८३

अध्ययनका लागि अमेरिका उडिन् श्रृङ्खला


मंगलबार, साउन १९ २०७८
525
Shares

काठमाडौं । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छिन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए ।

श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् । श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन् ।

‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् । विशेषगरी, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।

श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार