• शनिबार, असोज १० २०८३

चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु


मंगलबार, साउन १९ २०७८
1.3K
Shares


चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।

चट्याङ लागेका बालकको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशल छन्। घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार