• बिहिबार, साउन १४ २०८३

सबै नागरिकलाई कोरोना खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ


मंगलबार, साउन १९ २०७८
660
Shares

काठमाडौं । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड— १९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १ सय ९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।

कोभिशिल्डको दोस्रो खोप लगाउन १ सय ६५ जना मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए ।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो ।

अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १ सय ९८ रहेको आचार्यले बताए ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।

आचार्यका अनुसार मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार