• शनिबार, असोज १० २०८३

गोरखाका एक व्यक्ति लागूऔषध कोकिनसहित पक्राउ


मंगलबार, साउन १९ २०७८
540
Shares


गोरखा । गोरखाका एक व्यक्ति लागुऔषध कोकिनसहित काठमाडौंबाट पक्राउ परेको छ ।

प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोटका ४५ वर्षीय सुरोज गुरुङ सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले यही साउन ७ गते ५०० ग्राम कोकिनसहित चार जनालाई पक्राउ गरेको ब्यूरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार