• बिहिबार, साउन १४ २०८३

गोरखामा १७ हजार ६ सय ९७ जनाले लगाए कोरोनाको पूर्ण खोप


मंगलबार, साउन १९ २०७८
580
Shares


गोरखा । गोरखामा अहिलेसम्म १७ हजार भन्दा बढीले कोरोनाबिरुद्धको पूर्ण खोप लगाएका छन् । मात्रा पूरा गरेका छन् ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार ६६ हजार सात सय ८१ जनाले पहिलो मात्राको खोप पाएकोमा १७ हजार ६ सय ९७ जनाले मात्रै पूर्ण खोप लगाएको छ ।

उनीहरुमध्य ४९ हजार ८४ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए ।

गोरखामा कोभिसिल्ड, भेरोसिल्ड र जोनसोन एण्ड जोनसोन गरी जम्मा तीन किसिमको खोप लगाउनका लागी उपलब्ध भएको छ । तीमध्य कोभिसिल्ड २४ हजार दुईसय डोज आएकोमा २३ हजार ९ सय २० डोज लगाई सकेको छ ।

भेरोसिल्ड ४५ हजार ६ सय ८९ डोज आएकोमा ३९ हजार ८ सय ४८ लगाएको र जोनसोन १० हजार तीन सय ७० मात्रा आएको खत्रीले बताए ।

जोनसोन खोप ५० वर्ष उमेरदेखि ५४ वर्ष उमेर समुहलाई, भेरोसिल्ड र कोभिसिल्ड भने ५५ वर्ष माथिका समुहलाई लगाइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार