• शनिबार, असोज १० २०८३

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली


मंगलबार, साउन १९ २०७८
785
Shares


काठमाडौँ । दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली सुरु भएको छ ।

नियमित प्रक्रियाअनुसार आज मंगलबार श्रीजंग गण ११ औँ डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

यसैगरी, दक्षिण सुडानबाट आफ्नो कार्यकाल समाप्त गरेर नेपाली शान्ति सैनिकको टोली साउन २०, भदौ ९ र भदौ ३० गते नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले कोभिड–१९ को महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

साथै, अदली बदलीको क्रममा सम्पूर्ण सुरक्षा तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरेको समेत नेपाली सेनाले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार