काठमाडौं । सोमबार थप ३ हजार १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय १३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २ सय ७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १ सय ९८ गर्दा ८ सय ४६ मा संक्रमण देखिएको छ।
कुल १३ हजार ८ सय ११ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ।