गोरखा । फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने गोरखाी एकसहित दुईजना महिलालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ ।


गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ घर भएकी प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ घर भएकी ज्योती पोमुलाई जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवल थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
वीरगञ्जबाट काठमाडौंमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि उनैको चिनजान भएकी ज्योतीसँग बस्न थालिन् ।

ज्योतीले बाफल स्थित फ्ल्याटमा किशोरीकै अगाडी अन्य केटीहरू बोलाएर वेश्यावृत्ति गराउँथिन् ।
बीनाले किशोरीलाई गाली गरेको थाहा पाएपछि प्रितीले थानकोट स्थित आफ्नो फ्ल्याटमा बच्च रेखदेख गर् पढाइदिन्छु भनेकी थिइन् ।
थानकोटमा लगेर प्रीतिले किशोरीलाई फकाएर यौन धन्दामा लगाएको मानब बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताइन् ।

वेश्यावृत्तिमा लगाएपछि किशोरी भागेर ‘नेप्लीज होम’ नामक संस्थाको सम्पर्कमा पुगे पछि घटना बाहिरिएको हो । त्यस पछि प्रहरीले अनुसन्धान थालेको थियो ।
मानव बेचविखन अनुसन्धान ब्यूरोले २०७८ असार २१ मा प्रितीलाई र असार ३० मा ज्योतीलाई पक्राउ गरेको थियो ।
