• शनिबार, असोज १० २०८३

गोरखाको विभिन्न स्थानमा ‘तपाईको माक्स खोई ?’ अभियान सुरु


सोमबार, साउन १८ २०७८
680
Shares

गोरखा । गोरखामा केही दिनदेखी दैनिक कोरोना संक्रमितको संख्या उकालो लागिरहेकोे छ । दिनहुँ दिन संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि जिल्लामा ‘तपाईको माक्स खोई ?’ अभियान सुरु गरिएको हो ।

आइतबार सदरमुकामको हरमटारीचोक देखि बसपार्क सम्म ‘तपाँईको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत प्लेकार्ड सहित सचेतना मूलक र्‍याली निकाली मास्क नलगाई हिँडडुल गर्नेलाई माक्स वितरण गरिएको थियो ।

अभियानमा गोरखा नगरपालिकाकी उप प्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारीशालीग्राम शर्मा पौडेल, प्रहरी उपरीक्षक शेखर खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाश बाबु श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गोरखाका प्रतिनिधी लगायतका व्यक्तिहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थितीमा रहेको थियो ।

उनीहरुले पैदल यात्री, व्यवसायी, मजदुर र सवारी चालक लगायत त्यसमा सवार यात्रुहरुलाई मास्क वितरण गरेको डिएसपी प्रकाश दहालले बताए ।

यस्तै गरी सदरमुकाममा मात्र नभएर जिल्लाको छोप्राक, रातमाटे, बालुवा, भच्चेक, कुरिनटार, ठाँटीपोखरी, मझुवादेउराली, हवाईग्राउण्ड, चनौटे, हर्मी, जौबारी, बोर्लाङ, पौवाटार, नयाँसाघु, मनकामना बजार, ताकुकोट, धारापानी,सौरपानी, घ्याम्पेसाल, माछीखोला, छेपेटार र आर्खेत समेत गरी विभिन्न २३ स्थानहरुमा एकै दिन मास्कको सुरक्षित तरिकाले अनिवार्य रुपमा प्रयोग गर्ने सन्देश सहितको ‘तपाईको मास्क खोई ?’ कार्यक्रम सञ्चालन गरिएको डिएसपी दहालले जानकारी दिए ।

गोरखामा जारी निषेधाज्ञा विपरीतका कार्य गर्ने र मास्कको प्रयोग नगर्ने व्यक्तिहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२०, स्थानिय प्रशासन ऐन, २०२८ र कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार