गोरखा । गोरखामा भूकम्प पश्चात भारत सरकारको सहयोग अन्तरगतका निजी आवास पुननिर्माण सम्पन्न भएका घरको सम्पन्नताको प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुननिर्माण परियोजनाले गोरखाको २ नगरपालिका तथा ६ गाँउपालिकामा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको आफ्नो कार्यक्षेत्रमा ९९ प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भइ सकेको प्रतिवेदन सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको छ ।
जिल्लामा भएका लाभगाह्रीहरु मध्ये जम्मा २६ हजार ९ सय १२ सुरक्षित आवास पुननिर्माणमा सहजिकरण गर्ने जिम्मा पाएको उक्त परियोजनाले हालसम्म २६ हजार ७ सय ५७ घरधनी एवम् सम्बन्धित पालिकालाई सम्पन्नताको प्रतविदेन हस्तान्त्रण गरेको छ ।
नेपालआवास पुननिर्माण परियोजनाले आरुघाट गाँउपालिकामा १८ हजार ३६ घर, अजिरकोटमा ९ सय ६१, धार्चेमा १ हजार ९ सय ९१, गण्डकीमा २ हजार २ सय ६७, गोरखा नगरपालिकामा ६ हजार ६ सय ८२, पालुङटार नगरपालिकामा ७ हजार ५ सय १८, शहिदलखन गाँउपालिकमाा २ हजार ४० र सिरानचोक गाँउपालिकामा ३ हजार ४ सय ६२ घर भुकम्प पश्चात निर्माण सम्पन्न भएको प्रतिवेदन दिइएको हो ।
भूकम्प प्रतिरोधी घरनिर्माण भएको प्रमाण स्वरुप सम्पन्नताको प्रतिवेदन दिईएको एवम् पालिकामा संस्थागत अभिलेखीकरणका लागि सम्बन्धित पालिकामा समेत बुझाइएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले जानकारी दिए ।
परियोजनाको सामाजिक प्राविधिक सहजिकरणमा सुरक्षित आवास निर्माण सम्पन्न भएको प्रतिवेदन भूकम्प प्रतिरोधी घर निर्माण भएको दस्तावेजका रुपमा रहने भएकाले यसको महत्वपुर्ण भूमिका रहको स्थानीय पालिकाका पदाधिकारीको भनाई छ ।
प्रशासनिक, सामाजिक एवम् प्राविधिक रुपमा सूक्ष्म स्तर सम्मगई सहजिकरण गरेर सम्पन्नता प्रतिवेदन बुझेको धार्चे गाँउपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
यता, शहिदलखन गाँउपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भने, ‘प्रतिवेदनले भूकम्प प्रभावित घरधनीलाई सुरक्षित आवास निर्माण गरेको प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरेकाले परियोजना भूमिकाको प्रशंसनीय रहेको छ’ ।
यस्तै, गोरखा नगरपालिकाका १२ का वडाध्यक्ष डिल बहादुर थापा मगरले परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले सुरक्षित आवास पुननिर्माणमा सहज भएको तथा सहजिकरणले किस्ता निकास प्रक्रिया थप सहज भएको बताए ।
सिरानचोक— ५ का वडाध्यक्ष सन्तोष गुरुङले प्रतिवेदनमा सुरक्षितआवास सम्पन्न गरेको लाभग्राहीको विवरण विस्तृत रुपमा दिइएको बताए ।

