• शनिबार, असोज १० २०८३

सुन मूल्यमा समान्य गिरावट


सोमबार, साउन १८ २०७८
590
Shares


काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा समान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ ।

तर, यता चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार