गोरखा । गोरखा नगरपालिका भित्र खानेपानी वितरणमा समस्या भएको भन्दै स्थानीय युवा संघले विरोध जनाएको छ ।

आइतबार ठेलुवासंघ गोरखाले गोनपा ६ मा रहेको पृथ्वी नारायण साना— सहरी खानेपानी कार्यलय पुगेर खानेपानी वितरणमा नियमितता तथा व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ठेलुवा संघ गोरखाका अध्यक्ष निराजन कट्टेलका अनुसार बिगत केही दिन देखी खानेपानी बितरणमा भएको अनियमितताले गर्दा नगरबासीहरुले दैनिकी जिवनमा ठुलो समस्या भोग्नु परेकोले समस्या बुझ्न र समधान गर्नेको लागी खानेपानीको कार्यलयलाई ज्ञापनपत्र बुझाएको बताए ।
पाँच बुदे माग राख्दै संघले ज्ञापनपत्र बुझाएको हो । ‘वृहत सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गर्ने, पानीको महसुल सर्वसाधरणको पहुँच भन्दा बाहिर भएकोले महसुल समायोजन गर्ने, समयमै साधारणसभा गर्ने, कुनै कारणवस खानेपानी अवरुद्ध भएमा पूर्व सूचना दिने र जनताको गुनासो लाई मध्यनजर गर्दै छिटो छरिदो कार्यन्वन गर्ने’ जस्ता मागहरु संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
