गोरखा । गोरखामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका ६ च्याङ्लीकी १३ वर्षीया आशा तामाङको आईतबार दिउँसो मृत्यु भएको हो ।

लामाटारी नजिकै खहरे खोलाबाट ग्राबेल निकाल्दा भएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा गोठालो गएकी तामाङ जमेको पानीमा पौडी खेल्दा डुबेर घटनास्थलमै मृत्यू भएको डिएसपी प्रकाश दाहालले बताए ।
