• बिहिबार, साउन १४ २०८३

आइतबार थप २ हजार ५६८ मा कोरोना संक्रमण, १८ जनाको मृत्यु


आइतबार, साउन १७ २०७८
570
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरथप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना र एन्टिजेन विधिबाट ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार