• शनिबार, असोज १० २०८३

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त


आइतबार, साउन १७ २०७८
575
Shares


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आज शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।

अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनले अनिवार्य अवकाश पाउँदैछन्।

साथै थापा साउन २४ गतेदेखि घरबिदामा बस्ने भएकोले जेष्ठताक्रममा रहेका शर्मालाई कामु प्रधानसेनापति बनाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार