• शनिबार, असोज १० २०८३

पोखरा—नेपालगन्ज रुटमा साताको तीन दिन नियमित उडान शुरु


आइतबार, साउन १७ २०७८
580
Shares


काठमाडौं । पोखरा— नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो ।

आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार गरि तीन उडान गर्ने भएको छ ।

बुद्धले क्षेत्रीय गन्तब्यलाई जोड्ने क्रममा पोखरा—भैरहवा, पोखरा— भरतपुरपछि पोखरा—नेपालगञ्ज उडान थालेको हो ।

बुद्धले पोखरालाई विराटनगर, सीमरा र जनकपुरसँग समेत जोड्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार