काठमाडौं । गायक सम्राट चौलागाईंले आफ्नो गीत ‘सम्झिनी पानी छम्किनी’ बोलको ‘तीज भर्सन’ ल्याएका छन् ।
‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोल रहेको गीतमा नायक भुवन केसी र निर्देशक दीपाश्री निरौलाको रोमान्स देख्न सकिन्छ ।
विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा उनीहरु बाहेक आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राटको पनि अभिनय देख्न सकिन्छ ।
चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ ।
भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरवहादुर थारुले गरेका छन् । गीतमा शब्द संगीत समेत गायक चौलागाईंकै रहेको छ ।