d]nDrLdf km]l/ af9L rgf}6]sf] /ftf] k'n klg aufof]
l;Gw'kfNrf]s, !& ;fpg M zlgaf/ /fltb]lv cfPsf] af9Ln] rgf}6]sf] /ftf] k'n aufP . d]nDrL & / * kfFrkf]v/L ! / @ / x]nDa'sf w]/} j8f hf]8g] Ps dfq ljsNksf] ?kdf of] k'n /x]sf] lyof] . k'n aufP;Fu} ca of] e]udf ;jf/L cfjathfjt aGb ePsf] 5 . t:jL/ M b]j/fh ;'j]bL÷/f;;
काठमाडौं । मेलम्चीमा शनिबार बेलुकी फेरि लेदोसहित बाढी आएको छ।
लेदो, काठसहित बाढी आउने क्रम आइतबार बिहानसम्म पनि जारी छ। बाढीले चनौटेस्थित रातो पुल बगाएको छ। स्थानीय हस्त पण्डितका अनुसार आज बिहान करिब ७ः४५ बजे पुल बगाएको हो।
मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।
त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।
मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।
यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए।
गत असार १ गते मेलम्चीमा पहिलोपटक ठूलो लेदोसहित बाढी आएको थियो। शनिबार फेरि बाढी आउँदा थप घरहरूमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन्।
साथै बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्क लगायत क्षेत्रमा पसेको छ। ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्।
मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन।
बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो। पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए। रासस