गोरखा । गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ ।
शनिवार गोरखामा कोरोनाका सक्रिया संक्रमितको संख्या पाँच सय २६ रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

संक्रमित मध्ये १० जना कोभिड अस्पतालमा र ७ जना आइसोलेशनमा उपचाररत छन् ।
जिल्ला भित्र सबैभन्दा धेरै संक्रमित पालुङटार नगरपालिकामा एक सय ३० जना रहेका छन् ।
आरुघाट गाउँपालिकामा ९४, गोरखा नगरपालिकामा ८९, भिमसेन थापामा ८१, शहीदलखन ६२, सिरानचोक ४६ जना रहेका छन् ।

गण्डकी गाउँपालिकामा १५, अजिरकोटमा ८, धार्चे गाउँपालिकामा एक जना रहेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकामा भने सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
