काठमाडौं । ३३ किलो सुन काण्डमा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन्।
गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने ‘भोजे मामा’ भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
उनलाई प्रहरीले शुक्रबार ठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।
सुन काण्डमा उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।
२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।
यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।