• मंगलबार, असोज १३ २०८३

स्थापना दिवशमा सिद्धि गणेशले दियो शक्तिलाई वाटर फिल्टर


सोमबार, माघ २७ २०७६
945
Shares

श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको नवौ बार्षिक उत्सव मनाएको छ ।

स्थापना दिवशकै अवसरमा संस्थाले पाटेचौरमा रहेको शक्ति माध्यामिक विद्यालयलाई वाटर फिल्टर प्रदान गरेको छ । संस्थाले करिब २५ हजार बराबरकाे फिल्टर विधालयलाइ दिएकाे हाे ।

बिधार्थीहरुलाई स्वच्छ खानेपानीको सुबिधा पु¥याउने उद्देस्यले फिल्टर उपलब्ध गराएको सहकारीका प्रबन्धक गणेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सहकारीले दिवसको अबसरमा उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिधार्थीलाई सम्मान गरेको प्रबन्धक श्रेष्ठले जानकारी दिए ।

कर्मचारीबाट मुनु जोशी र बिधार्थीमा रोसिका के.सी लाई सम्मान गरिएको हो । २०६७ सालमा स्थापना भएको सहकारीमा हाल कुल १८ करोड ६ लाख कुल पुँजी रहेको श्रेष्ठले बताए । सहकारीमा हाल १ हजार ३ सय शेयर सदस्य रहेका छन ।

सहकारीले स्थापना दिवसको अबसरमा बिजुली पानीको बिल तिर्न, व्यालेन्स ट्रान्सफर गर्नका लागि मोवाईल एप्स समेत सञ्चालनमा ल्याएको प्रबन्धक श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार