गोरखा। गोरखा लगायत देशैभर काेराेना भाइरसकाे संक्रमणका दर फेरी बढ्न थालेकाे छ । केहि समयअघिदेखि निशेधाज्ञा खुकुलाे बनाएसंगै संक्रमणकाे दरमा बृद्धि भएकाे हाे ।
आज मात्रै गोरखामा ५८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पालुङटार नगरपालिकामा मात्रै साे संख्यामा संक्रमित भेटिएका हुन । जसमा ५७ जनामाकाे पिसिआर र १ जनाकाे एन्टिजेन प्रबिधि मार्फत संक्रमण पुष्टि भएकाे नगरपालिकाका काेराेना फोकल पर्सन प्रमुख दिपेन्द्र गिरीले सिभिलखबरलाई बताए ।
जसमा वडा नम्बर ७ का २८ जना, १ का २२ जना, वडा नम्बर ५ का ७ जना र २ का एक जनामा संक्रमण देखिएकाे गिरीले बताए । यसैगरी गोरखा जिल्लामा केहि समयअघि करिब २ सयमा झरेकाे सकृय संक्रमितकाे संख्या हाल बढेर ५ सयकाे हाराहारीमा पुगेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।