काठमाडौं । शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
त्यस्तै यस अवधिमा थप २७ जनाको मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १६ जना कोरोनाबाट मुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये निको हुनेको दर ९४.१ प्रतिशत छ।