गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतमा हिउँचितुवाको आक्रमणबाट घोडा र खच्चडहरु मरेका छन् ।
पहिरोले बाटो अवरुद्ध भएपछि चुम्चेतको लेकमा चरनका लागि छाडिएका घोडा र खच्चडहरु हिउँचितुवाले मारेको हो ।
एक साताको बीचमा चरनका लागि छाडिएको १६ वटा खच्चड र एउटा घोडालाई चितुवाले मारेको वडाअध्यक्ष लोप्साङ लामाले बताए ।
मनास्लु पदमार्ग अवरुद्ध भएपछि खच्चडलाई लेकमा चरनका लागि छाडिएको थियो ।