• शनिबार, असोज १० २०८३

नक्कली सुन बेच्ने ७ जना पोखराबाट पक्राउ


शुक्रबार, साउन १५ २०७८
865
Shares

Modern metal handcuffs. Vector illustration in flat style


पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले नक्कली सुन बेच्ने ७ जनालाई पक्राउ गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले सुनजस्तै पहेँलो देखिने ६ सय ५४ ग्राम धातु सहित पोखराको एक सुन पसलमा काम गर्ने कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, चितवन टाँडी २ का भुवन विक, सर्लाहीको बागमती नगरपालिका १ का इन्द्रबहादुर बलमपाकी, र चितवन राप्ती ९ का प्रकाश परियार छन्।

सूचनाको आधारमा खटिएको प्रहरीले बुधबार दिउसो ४ बजे पोखरा २ मिरुवास्थित बिमला दमाईको कोठाबाट पहेँलो धातु फेला पारेपछि सुनचाँदी व्यवसायी संघ कास्कीमा परिक्षण गर्ने क्रममा सुन नभएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर शीर्षकमा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको डिएसपी हमालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार