गोरखा । मसला तथा किराना ब्यवशायी संघ गोरखाले सर्वसाधारणलाई मास्क बितरण गरेको छ।
कोरोना महामारीबाट सुरक्षित रहन सन्देश दिने उद्देश्यले संघले आज एक कार्यक्रम गरी आयुर्वेदचोक देखि बसपार्क सम्म सर्वसाधारणलाई मास्क बितरण गरेका हुन् ।
पाँच हजार मास्क बितरण गर्ने लक्ष्य रहेको भएपनि बिहिवार दुईहजार मात्रै बितरण गरिएको संघका अध्यक्ष अरबिन्द गुप्ताले बताए ।
कार्यक्रमको उद्घाटन चेम्बर अफ कर्मश गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित, ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकाल लगायत संघका पदाधिकारीहरुको उपस्थिती थियो ।
उनीहरुले मास्क नलगाई हिँडेका सर्वसाधारण, ब्यापारी ब्यवशायीलाई मास्क बितरण गरेका थिए ।