काठमाडौं । बिहीबार थप ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६ सय ८७ गर्दा १ हजार ३० जनामा संक्रमण देखिएको छ।
कुल १४ हजार २ सय ४२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
थप १४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७३ जना कोरोनाबाट मुक्त भएका छन्।