• शनिबार, असोज १० २०८३

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने ३ जना पक्राउ


बिहिबार, साउन १४ २०७८
680
Shares


बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने तीन जना पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका–४ लिवाङकी २६ वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिल स्मृति गाउँपालिका–६ गजुलका कथित धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई पक्राउ गरिएको हो ।

घटना साउन ६ गते भए पनि ढिलोगरी खबर आएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनैजनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।

कुटपिट गर्ने व्यक्ति रोल्पा नगरपालिकामै बसेर धामी झाँक्रीको काम गर्दै आएको बताइन्छ । उनीहरुले बोक्सीको आरोप लगाउँदै ती महिलालाई कोठामै गएर कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा चोट लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार