• मंगलबार, कार्तिक २५ २०८३

जन्मदिनमा संजयलाई ‘केजिएफ २’ को नयाँ पोस्टर उपहार


बिहिबार, साउन १४ २०७८
795
Shares


एजेन्सी । अभिनेता संजय दत्तले आज आफ्नो जन्मदिनको खुशियालीमा बलिउड आफन्त, कलाकार र आफ्ना प्रशंसकहरुबाट भरमार शुभकामना पाइरहेका छन्। तीमध्ये ‘केजिएफ २’ निर्माताले दिएको उपहार भने उनका लागि सबैभन्दा विशेष बनेको छ।

‘केजिएफ’ को अपार सफलतापछि बनिरहेको ‘केजिएफ २’ बहुप्रतिक्षित फिल्म हो। सिनेमालाई प्रशान्त नीलले निर्देशन गरेको कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस सिनेमामा यश र श्रीनीधि शेट्टी प्रमुख भुमिकामा छन्।

फिल्ममा रविना टन्डन पनि मुख्य भूमिकामा देखिने छिन्। संजय फिल्ममा अधिरा पात्रका रुपमा नकारात्मक भूमिकामा देखिँदैछन्। अधिरा बनेको उनको लुक्सले यसअघि नै चर्चा पाइसकेको छ।

दर्शकको आकर्षणलाई ध्यानमा राखेर सार्वजनिक पोस्टरमा संजय हातमा तलवार बोकेका लडाकुको हुलियामा छन्। संजयको यो नयाँ पोस्टरलाई उनका प्रशंसकहरुले निकै रुचाइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार