गोरखा । गोरखाको शहिदलखन गाउँपालिका ७ बुङकोटका एक सय ५० घरधुरीलाई पानी शुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको छ ।
बाढी पहिरोका कारण पानीको समस्या भोग्न बाध्य परिवारहरु छनौट गरेर वाईन टु वाटर नेपालले १० लाख ५० हजार रुपैयाँ खर्च गरेर फिल्टर बितरण गरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
हिजो (बुधवार) वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले उक्त फिल्टर हस्तान्तरण गरेका हुन् ।
वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर, वाईन टु वाटर नेपालका कार्यक्रम निर्देशक रोशनी कार्की सापकोटालगायतको उपस्थिती रहेको थियो ।