• शनिबार, असोज १० २०८३

बढ्यो सुन—चाँदीको मूल्य


बिहिबार, साउन १४ २०७८
730
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ७० रुपैयाँ पुगेको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको तुलनामा ३०० रुपैयाँले नै वृद्धि भएर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार