काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई कोरोना बिरूद्दको खोप दिन सरकारलाई सुझाव दिएको छ ।
बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई खोपका लगाउनका लागि पहल गर्ने उल्लेख गरिन् ।
यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन् ।
यस वर्ष कक्षा १२ का विद्यार्थीहरुले परीक्षा होम सेन्टरमै दिन पाउनेछन् ।