• शनिबार, असोज १० २०८३

जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु


बुधबार, साउन १३ २०७८
640
Shares


गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

बुधबार मध्याह्न चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।

मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको थियो । दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार