• शनिबार, असोज १० २०८३

टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै


बुधबार, साउन १३ २०७८
725
Shares


काठमाडौं । नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकअन्तर्गतआज प्रतिस्पर्धा गर्दैछिन्।

उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो प्रतिस्पर्धा गौरिका पहिलो हिटमा परेकी छिन्।

यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३ः४५ बजे हुनेछ।

यो स्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ।

सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्।

जारी ओलम्पिकको शीर्ष १६ भित्र पर्न गौरिकाले कम्तिमा ५४ सेकेन्डको टाइमिङ निकाल्नु पर्ने हुन्छ। यो स्पर्धामा सहभागी अधिकांश खेलाडीले ५३ र ५४ सेकेन्ड निर्धारित दूरी पार गर्ने गरेका छन्। यो स्पर्धाको विश्व कीर्तिमान ५१.७१ सेकेन्ड रहेको छ।

टोकियो ओलम्पिकमा यसअघि अर्का पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए। सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार