• शनिबार, असोज १० २०८३

बलात्कार आरोपमा असई पक्राउ


मंगलबार, साउन १२ २०७८
870
Shares

Modern metal handcuffs. Vector illustration in flat style


एक महिलामाथि बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीले सप्तरी बोदेबर्साइन नगरपालिकाका प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

जाहेरीपछि उनी सोमबार आफैं प्रहरी कार्यालयमा हाजिर हुन आएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

उनीविरूद्ध २३ वर्षीया महिलाले गत साउन ९ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आफूमाथि गत चैत २८ गते बलात्कार भएको भन्दै ती युवतीले जाहेरी दिएकी छन्।

मण्डल ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत थिए। प्रहरीले उनीविरूद्ध थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार