गोरखा । गोरखाको बालमन्दिर माविका २४ जना अनाथ बालबालीकालाई पौष्टिक आहार खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल बाल संगठन गोरखाका अध्यक्ष मोहनप्रसाद भट्टराईको समन्वयमा बालबालिकालाई पौष्टिक आहार खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
अध्यक्ष भट्टराईको समन्वयमा सहयोगका लागी डाइनामिक मनी मेनेजरका प्रबन्धक रमेश कुुँबरले ५० हजार र लायन्स क्लव अफ सानोभेरी काठमाण्डौँका अध्यक्ष सुदिप सिंखडाले पाँच हजार रुपैँया उपलब्ध गराएका थिए ।
उक्त सहयोग गोरखा नगरपालिका मेयर राजनराज पन्तले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । सहयोगमा चना, अण्डा, मह, हरलिक्स, टुथपेष्ट, कासरिन, चेवनप्रास, सेनिटाइजर, माक्स र टावेल लगायतका सामाग्रीहरु विद्यार्थीलाई उपलब्ध गराइएको हो ।
२४ जना बालबालिका मध्ये ९ जनालाई कोरोना संक्रमण भएको छ । उनिहरुलाई छुट्टै आइसोलेशनमा राखिएको र पौष्टिक आहारको आवश्यकता भएकाले उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको संगठनका अध्यक्ष भट्टराईले बताए ।