गोरखा । गोरखामा मंगलबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार एक सय ३० जनामा गरिएको परिक्षणमा आज थप ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये आरुघाट गाँउपालिकाका ३० जना, पालुङटार नगरपालिकाका २८ जना र गोरखा अस्पतालमा ३ जना रहेका छन् ।
परिक्षण गरिएको मध्ये ४६.९२ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।