• शनिबार, असोज १० २०८३

गोरखाका एक व्यक्ति १ किलो बढी सुनसहित विमानस्थलबाट पक्राउ


मंगलबार, साउन १२ २०७८
595
Shares


प्रहरीले त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार हिमालय एयरको विमानमा दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

परियारको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। विमानस्थलको आगमनतर्फको भन्सार जाँचको क्षेत्रमा एक्सरे गर्दा उनले ल्याएको कफी मेकर प्रहरीले जाँच गरेको थियो।

सो कफी मेकर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय ६५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार