• बिहिबार, साउन १४ २०८३

मंगलबार एकैदिन थपिए ३ हजार ८ सय ९९ कोरोना संक्रमित, २० जनाको मृत्यु


मंगलबार, साउन १२ २०७८
545
Shares

काठमाडौं । मंगलबार मात्रै थप ३ हजार ८सय ९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७ सय २६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८ सय ६३ गर्दा १ हजार १ सय ७३ मा संक्रमण देखिएको छ।

कुल १७ हजार ५ सय १८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ जना कोरोनाबाट मुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार