काठमाडौं । पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ गायकको रुपमा समेत अगाडि आएका छन् । उनको स्वरमा रहेको नयाँ तीज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र संगीत रहेको गीतमा सुदीप सागरको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांस कलाकारको अभिनय समेटिएको छ ।
सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् ।