काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ ।
वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो ।
यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।
एक हजमारमध्ये महिला ७०० जना महिला र ३०० जना पुरुष छानिनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।
सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । पासपोर्टको म्याद कम्तिमा ३ वर्ष पुगेको र विगतमा इजरायलमा काम नगरेकाहरुले आवेदन दिनसक्नेछन् ।
इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।
सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका— २०७८’ जारी गरिसकेको छ । निर्देशिकाले २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकले इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ ।
सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ । अनलाइनबाटै दरखास्त दिन सकिने छ । निर्देशिकाअनुसार दरखास्त स्वीकृत गरेर निवेदकको मोबाइलमा यसको सूचना दिइने छ ।
केयरगिभरमा जान के–के योग्यता चाहिन्छ ?
— नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
लअभिि ष्ल
— उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
— तौल ४५ केजी।
— शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
— अंग्रेजी भाषामा दक्ष।
— शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।
