• शनिबार, असोज १० २०८३

गोरखामा गाडी तोडफोडको घटनामा सजाय सुनाएर फरार रहेका अभियुक्त पक्राउ


सोमबार, साउन ११ २०७८
1.1K
Shares

गोरखा । गोरखा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट सजाय सुनाएपछि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका— ८ का ४६ वर्षीय चुर्ण बहादुर गुरुङलाई गोरखा सदरमुकामबाट आज (आइतबार) पक्राउ गरेको हो ।

२०७३ असार १३ गते भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा गाडी तोडफोड भएको घटनामा संलग्न भई फरार रहेका गुरुङविरुद्ध सार्वजनिक अपराध शिर्षकमा मुद्धा दर्ता भएको थियो ।

प्रशासनले दोषी ठहर गर्दै २०७७ असोज २२ गते सार्वजनीक अपराध अन्र्तगत एक महिना कैद र एक लाख २७ हजार पाँच सय जरिवाना तोकेको थियो ।

उनलाई सजाया भुक्तानका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको डिएसपी प्रकाश दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार