• बिहिबार, साउन १४ २०८३

सोमबार डेढ महिनायताकै बढी कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु


सोमबार, साउन ११ २०७८
540
Shares


काठमाडौं । सोमबार देशभर डेढ महिनायताकै बढी कोरोना संक्रमित थपिएका छन्।

जेठ २५ गते ५ हजार १ सय ५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो।

सोमबार मात्रै थप ३ हजार ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १ हजार ३० मा संक्रमण देखिएको छ।

कुल १७ हजार २ सय ७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोनाबाट मुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार