• शनिबार, असोज १० २०८३

१७ साउनदेखी धार्चेमा विद्यालय सञ्चालन हुने


सोमबार, साउन ११ २०७८
955
Shares


गोरखा । गोरखाको धार्चे गाउँपालिकामा आगमी १७ साउनदेखी विद्यालय सञ्चालनमा आउने भएको छ ।

जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण सुरु भए यता नियन्त्रणका लागी भनेर गरिएको निषेधाज्ञाले लामो समयदेखि बन्द रहेको शिक्षण संस्था सञ्चालन गर्न गाउँपालिकाले निर्देशन गरेको हो ।

पालिका भित्रका सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै सामाजिक दुरी कायम, स्वास्थ्य मापदण्डको पालना गरी नियमित विद्यालय संचालन गर्न निर्देशन गरेका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले बताए ।

भौगोलिक बिकटताको कारण वैकल्पिक विधीबाट पठन पाठन गराउन संभव नभएकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार